नवनिर्वाचित एमाले कास्कीको पदस्थापन २३ गते

पाेखरा | चैत २०, २०८०

नवनिर्वाचित एमाले कास्कीको पदस्थापन २३ गते

पोखरा:  एमाले कास्कीको ११ औं जिल्ला अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुको पद तथा गोपनियताको सपथ आगामी २३ गते (शुक्रबार) हुने भएको छ । 

 

सो अधिवेशनबाट अधिवेशनले बैन बहादुर अधिकारी क्षत्रीको नेतृत्वमा १२१ सदस्यीय कमिटी निर्वाचित भएको थियो ।

 

३ वर्षे कार्यकालका लागि निर्वाचित उक्त कमिटीको पदस्थापना निर्वाचन भएको ९ दिनपछि मिति तय भएको नवनिर्वाचित अध्यक्ष बैन बहादुर अधिकारी क्षेत्रीले जानकारी दिए ।

 

उनका अनुसार सो कार्यक्रमलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने तयारी छ ।

 

एमाले स्याङ्जाको चैत २३–२४ गते हुने नवौं जिल्ला अधिवेशन उद्घाटन समारोहमा जाने क्रममा अध्यक्ष ओली कास्कीको सपथ समारोहमा सहभागी हुने उनले बताए ।

निर्वाचन आयोगबाट समानुपातिक निर्वाचन प्रणालीतर्फको २ करोड ८ लाख ३० हजार मतपत्र र मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार दुई सय थान नमुना मतपत्र छपाइ सम्पन्न भइसकेको आयोगले जनाएको छ ।    ...

थप पढ्नुहोस्

काठमाडौँ:    निर्वाचन आयोगले निर्वाचनलक्षित मिथ्या सूचना, भ्रामक प्रचार र घृणाजन्य अभिव्यक्तिमा निगरानी बढाएको छ ।    आयोगले निर्वाचनसँग सम्बन्धित त्यस्ता सूचना सङ्कलन, विश्लेषण र नियामक ...

थप पढ्नुहोस्

काठमाडौँ:  चारदिने औपचारिक भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेल आज जापान पुगेका छन् ।   उनलाई नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा जापानको विदेश मन्त्रालयका प्रमुख शिष्टाचार महापाल, नेपालका...

थप पढ्नुहोस्